काठमाडौँ– हुम्लामा दोस्रो चरणको कोभिड विरुद्धको खोप अभियान शुरु भएको छ ।
दोस्रो चरणको पहिलो दिन ७७ जनाले खोप लगाएका छन् । हाल स्वास्थ्य सेवा कार्यालय हुम्लामा एक हजार दुई सय ४० डोज भ्याक्सिन मौज्दात रहेको छ । दोस्रो चरणको पहिलो दिन स्वास्थ्य सेवा कार्यालय अन्तर्गत आयुर्वेद शाखाका प्रमुख कविराज निरिक्षक कृष्णचन्द्र जोशीले खोप लगाएर शुरु भएको हो ।
फागुन २ गते आइतवार पत्रकार, स्वास्थ्यकर्मी, निजामती, सुरक्षा, बैंक, स्थानीय तहका जनप्रतिनिधि र गैससका प्रतिनिधिहरूले उक्त खोप लगाएको जानकारी कोभिड विरुद्धको खोप अभियानका सम्पर्क व्यक्ति मनबहादुर रोकायाले दिए ।
दोस्रो चरणको खोप अभियानलाई आम बनाउनका लागि सकेसम्म धेरैभन्दा धेरैलाई लगाइने लक्ष्य रहेको छ । यसका लागि हाल स्वास्थ्य सेवा कार्यालय हुम्लामा एक हजार दुई सय ४० डोज भ्याक्सिन मौज्दात रहेको छ । नपुग भएमा तत्काल झिकाइने भएको छ । यो चरण फागुन ८ गतेसम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया