मुवाँ थाई फाइटमा आर्मीका रुचाल विजयी

लोकपथ
0
Shares

चितवनको भरतपुर–१ स्थित नारायणी नदीकिनारमा टप फाइभ मुवाँ थाई फाइट सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मुवाँ थाई खेलाडीमध्येको उत्कृष्ट पाँच वटा फाइट चितवन मुवाँ थाई संघले आयोजना गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ एउटा प्रो फाइट प्रतिस्पर्धा गराइएको थियो । शनिबार आयोजित प्रतिस्पर्धाको ६० किलो तौल समूहमा नेपाल आर्मीका गुणराज रुचाल विजयी भएका छन् । उनले काठमाडौँका बरुण घलेलाई पाराजित गरेका हुन् ।

त्यस्तै, ५३ किलो तौल समूहमा काठमाडौँका लाक्पा तामाङ विजयी भएका छन् । उनका प्रतिस्पर्धी चितवनका कविन देशार दोस्रो राउण्डमा घाइते भएपछि तामाङलाई विजयी घोषण गरिएको थियो । त्यसैगरी, ५७ किलो तौलसमूहमा चितवनका रोहित शाही विजयी भएका छन् ।

उनले काठमाडौँका दावा फुर्जे तामाङलाई पराजित गरेका हुन् । त्यसैगरी ५१ किलो तौल समूहमा काठमाडौँका सन्दिप तामाङ विजयी भएका छन् । उनले चितवनका सनिल चौधरीलाई पराजित गरेका हुन् । प्रतियोगितामा ८० केजी तौलसमूह (हेभी वेट)तर्फ सलम लेप्चा विजयी भएका छन् । उनले रसिक जारीलाई पराजित गरेका हुन् ।

महिला फाइटतर्फ भने सुकेधारा मुवा थाई क्लबकी डेनिका राई विजयी भएकी छिन् । उनले चितवनकी नतिशा रानामगरलाई पराजित गरेकी हुन् । प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको चितवन मुवाँ थाई संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?