शुक्रवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले सोनाम ल्होछारको अवसरमा शुक्रवार बिदा दिन लागेको हो ।

नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाइँदै आएको छ ।

त्यस्तै सोमवारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र वैशाख २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?