कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थप

लोकपथ
357
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको म्याद बढाएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको हो ।

सो पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?