संविधान संशोधन कार्यदलको म्याद थप, यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय

लोकपथ
0
Shares

काठमाडौं । सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको समयावधि थप गरिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने,’ निर्णयमा भनिएको छ ।

वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रहेका अशिम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले विभिन्न व्यक्तिहरुसँग आवश्यक परामर्श गरिरहेको छ ।

त्यस्तै सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत भएको प्रवक्ता पोखरेलले बताए ।

यसैगरी अर्थमन्त्रालयको प्रस्तावमा लेखामान बोर्डको अध्यक्षमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?