काठमाडौं । एनआईसी एशिया बैंकले पर्वत जिल्लाको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरणसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग उपलब्ध गराएको हो ।
बैंकले स्वास्थ्य चौकीलाई ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको हो ।
दैनिक रुपमा स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको यस स्वास्थ्य चौकीको लागि यस बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेडस्वेता शेरचनले मोदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा उक्त स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र उक्त स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले उक्त स्वास्थ्य चौकीले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा अझ प्रभावकारी भई स्थानीयस्तरमा स्वास्थ्य उपचार तथा सेवा लिइरहनुभएका सेवाग्राहीलाई स्वास्थ्य सेवामा अझ सहज हुने विश्वास लिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया