विश्वमा कोरोना : एक महिनामा संक्रमितको संख्या ५० प्रतिशतले कम, अमेरिकामा हरेक दिन १ लाख धेरै संक्रमित

काठमाडौं । विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक महिनामा ५० प्रतिशतले कमी भएको छ ।

६ जनवरीमा सारा विश्वमा ८ लाख ४५ हजार भन्दा धेरै संक्रमित भेटिएका थिए । जो ६ फेब्रुअरीमा आएर ४ लाख ९५ हजार भयो । मृत्युमा पनि २० प्रतिशतले कमी आएको छ ।

जनवरमिा हरेक दिन १५ हजारको हाराहारीमा संक्रमितको मृत्यु भएको थियो भने, अहिले १० देखि १३ हजारको मृत्यु भएको छ । अमेरिकामा अहिले पनि हरेक दिन १ लाख भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार त्यहाँ १ लाख ५ हजार संक्रमित भेटिए ।

पहिलेको तुलनामा भने अमेरिकामा पनि कोरोना संक्रमितको संख्या घटीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?