काठमाडौं । भारतको बिहारमा मुजफ्फपुरको अहियापुर थाना क्षेत्रमा एकै परिवारका दुई जनाको हत्या भएको छ ।युवकहरुको हत्या गरेर शव फरक फरक स्थानमा फालेको बताइएको छ ।
मृतकको पहिचान सोसल मिडियामा फोटो भाइरल बनेपछि भएको थियो ।

राजू पासवानले आफ्ना मृतक छोरा दीपक र भाञ्जा राजाको पहिचान गरेका हुन् ।

मृतक दुवैजनालाई राहुल र पंकजले आफ्नो जन्मदिनमा बोलाएर हत्या गरेको बताइएको छ । पुलिसले अनुसन्धान गर्दै जाँदा उनीहरु भागिसकेको र पछि फेला पारेको बताइएको छ ।

उनीहरुलाई तीव्र गतिमा बाइक चलाउँदा रोकेको निहुामा उनीहरुको हत्या गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया