काठमाडौं । अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा फिल्म राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा देख्न मानिस तछाड मछाड समेत गर्दथे । अहिले भने उनी फिल्ममा कम देखिने गर्दछिन् ।
प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनमा पनि यहि प्रश्न उब्जिएको हुनसक्छ ।
यहि प्रश्नको जवाफ प्रीतिले एक वेबसाइटको अन्तवार्तामा समेत दिएकी छिन् । जसमा उनले भनेकी छन् ‘मनोरञ्जन दुनियाँबाट म टाढा हुनुको एक कारण यो हो । म आफुलाई बेच्नु छैन ।’ फिल्म दुनियामा चर्चामा रहन आफुले स्पेस किनेको देख्न नसकिने प्रीतिले त्यसैबाट आफु चर्चामा रहन चाहने समेत बताएकी छन् ।
बलिउडमा कयौँ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म ‘दिल से’को सानो भुमिकामा देखिएकी थिइन् । यसपछि उनी शेखर कपुरको फिल्म ‘तारा रम पप’मा देखिने चर्चा थियो । तर फिल्मबाट उनलाई हटाइयो ।
सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका बलिउडमा थुप्रै हिट फिल्म छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया