काठमाडौं ।। नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज सोमवार बस्ने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगको निर्णय, सडक आन्दोलन लगायतका विषयमा आजको बैठकमा छलफल हुने सो समूहका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा निर्वाचनको घोषणा गरेपछि दाहाल-नेपाल समूह निरन्तर सडक संघर्षमा छ ।
यो समूहले यही माघ २८ गते राजधानीमा विरोध प्रदर्शन गर्दैछ । आजको बैठकमा विरोध प्रदर्शनको तयारीका विषयमा समेत छलफल हुने अनुमान नेताहरुले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया