खेल इतिहासकै ठूलो डील : मेस्सीले २०१७ मा बार्सिलोनासँग ५५५ मिलियन यूरोको कन्ट्याक साइन गरेको खुलासा

काठमाडौं । अर्जेन्टिना र बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले २०१७ मा बार्सिलोनासँग ५५५ मिलियन यूरोको कन्ट्याक साइन गरेका थिए ।

यो अहिलेसम्मकै खेल इतिहासको सबैभन्दा ठूलो डील हो । यसको खुलासा एक स्पेनिश पत्रिका एल मण्डोले आफ्नो रिपोर्टमा गरेको छ ।
पत्रिकाका अनुसार मेसीले साइन गरेको ३० पेजको कन्ट्याक भेटिएको छ ।

मेसीलाई ४ वर्षको कन्ट्याक्ट सकिएपछि कुल ५५, ५२, ३७, ६१९ यूरो मिल्नेछ । यसमा कन्ट्याकमा राखिएको शर्त सामेल छ । रिपोर्टका अनुसार मेस्सीलाई एक सीजनमा १३८ मिलियन यूरो मिल्छ ।

पत्रिकाका अनुसार मेसीलार्य कन्ट्याक रिन्यू गरेकोमा करिव ११, ५२, २५, ०० यूरो बोनस मिलेको थियो । साथै क्लवको लागि लोयल्टी देखाउनको लागि उनले ७, ७९, २९, ९५५ यूरो पाएका थिए ।

पत्रिकाका अनुसार मेस्सीले अहिलेसम्म कुल ५१, १५, ४०, ५४५ यूरो कमाएका छन् । उनको बार्सिलोनासँग कन्ट्याक सकिन ५ महिना बाँकी रहेको छ । मेस्सीको बार्सिलोना क्लवसँग कन्ट्याक जूनमा सकिनेछ ।

त्यसपछि उनले क्लव छोड्न सक्ने बताइएको छ । मेस्सीले बार्सिलोनासँग १८ वर्षको उमेरमा १६ अक्टोबर २००४ मा डेब्यू गरेका थिए ।

उनले अहिलेसम्म टीमलाई १० लालिगा र ४ यूइएफए च्याम्पियन्स लीग समेत ३४ उपाधि जिताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?