बंगाली अभिनेता इन्द्रजीत र गायक सोमदासको निधन

काठमाडौं । ७३ वर्षका बंगला अभिनेता इन्द्रजीत देवको शनिवार उनकै घरमा र ४२ वर्षका मलयालम सिंगर सोमदासको आईतवार अस्पतालमा निधन भएको छ ।

कार्डियक अरेस्टका कारण उनीहरुको निधन भएको बताइएको छ ।

इन्द्रजीतकी श्रीमतीको निधन गत वर्ष मात्रै भएको थियो ।

जसपछि उनी एक्लोपन महशुस गरिरहेका थिए । साथै उनी किड्नी सम्बन्धी रोगबाट समेत ग्रस्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?