प्रतिनिधिसभा विघटनविरुद्ध आज अभियान्ताले सिफलमा कार्यक्रम गर्दै

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएको ‘बृहत नागरिक आन्दोलन’ले आज आइतवार काठमाडौँमा विरोध कार्यक्रम गर्ने भएको छ। ‘बृहत नागरिक आन्दोलन’ले सूचना जारी गर्दै आज दिउँसो २ बजे शहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल चौरमा कार्यक्रम तय गरेको जनाएको छ।

आजको कार्यक्रममा केदारभक्त माथेमा, तुलानारायण शाह र रीता परियारले मन्तव्य दिने तथा चन्द्रवीर तुम्बापो र योगेश राल्फालीले कविता वाचन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?