त्रिभुवन आर्मी क्लब पीएम कपको फाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीवार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो ।बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए ।

यस्तै विपिन आचार्यले २३ रन जोड्दा आदील खानले १० रन जोडे । नन्दन यादवले अविजित २२ रन जोडे । आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए । सुशन भारी र बिक्रम शोबले ३र३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।

बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी र विपिन आचार्यले १र१ विकेट लिए ।

अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । पुलिसलाई पराजित गर्दै एपीएफ यस अघि नै फाइनल पुगिसकेको छ । उपाधिका लागि शनिवार एपीएफ र त्रिभुवन आर्मी भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?