राष्ट्रपति भएपछि पहिलो पटक बाइडेनले रुसका राष्ट्रपति पुटिनसँग गरे कुराकानी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछि मंगलवार पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन् । ह्वाइट हाउसले यसको पुष्टि गरेको हो ।

बाइडेनले कुराकानीका क्रममा विपक्षी नेता एलेक्सी नाभाल्नीको गिरफ्तारी, साइबर जासूसीमा रुसको संलिप्तता र अफगानिस्तानमा अमेरिकी सैनिकको हत्यामा क्ष्नाम घोषणा गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?