काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धका खोप उपलब्ध गराउने निर्णय गरेको छ ।
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी गराएका हुन् । साथै उक्त खोप भोलि नै नेपाल आउने मन्त्री त्रिपाठीले बताए ।
उनका अनुसार उक्त खोप सर्वप्रथम कोरोनाविरुद्धको अग्रमोर्चामा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइनेछ । भारतले नेपाल लगायत अन्य भुलुकहरुलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
खोप ल्याउँनका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरेको समेत मन्त्री त्रिपाठीले जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया