काठमाडौँ– गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ वामदेव गौतमतिर लागेका छन् । वामदेवले नेकपा विभाजनपछि ‘पार्टी एकता अभियान’ चलाइरहेका छन् । सोही अभियानमा मनाङे पनि लागेका हुन् ।
गत साल असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताउँदै आएका थिए । “म नेकपा भएको भए त कुनै आधिकारिकता हुन्थ्यो होला नि । मसँग केही छैन, दुईतिहाइ मात्र पुर्याइदिएको हुँ,” उनले भने ।
मनांगेले गौतमलाई दिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सकस भएको छ । अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्र संविधानत: विश्वासको मत लिनुपर्छ । तर, अब मुख्यमन्त्रीको पक्षमा २६ जना सांसद् मात्र हुनेछन् । गण्डकीमा ६० सांसद् छन भने बहुमतका लागि ३१ सांसद चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया