काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्ध असंवैधानिक भएको स्वीकार गरिसकेको बताएका छन् ।
शुक्रवार (आज) एक भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओली स्वयमले संसद विघटनको कदम असंवैधानिक भएको स्वीकार गरिसकेको दाबी गरेका छन् ।
प्रमधानमन्त्री ओलीले वैधानिक काम नगरेको भन्दै ७५३ वटै स्थानीय तहमा कांग्रेसले भोलि गर्न लागेको प्रदर्शनमा उत्साहपूर्वक सहभागिता जनाउनका लागि आह्वान गरे ।
भिडियो सन्देशमार्फत वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’।
त्यस्तै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने प्रचण्ड रचेको भन्दै डटेर विरोध गरिए मात्र सर्वोच्चले सुन्ने बताए ।
उनले भने, ‘देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं भने, आवाज उठाउन सक्यौं भने । यो आवाज सर्वोच्च अदालतसम्म पुग्छ’ ।
संसद विघटनको कदमले देशलाई अन्धकारतिर लैजाने भन्दै उक्त निर्णय नसच्याए अनर्थ हुने समेत वरिष्ठ नेता पौडेलले बताए ।
संसद विघटनविरुद्ध कांग्रेस निरन्तर प्रदर्शन गर्दै आइरहेको छ । यसैक्रममा माघ ३ गते शनिवार देशभरका ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्न लागेको छ । सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई सशक्त बनाउन सहभागितो लागि अपिल गरेका छन् ।
https://www.facebook.com/RCPaudelNepal/videos/449819546047805
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया