डडेल्धुरामा उद्योगमन्त्री भट्टलाई कालो झण्डा

डडेल्धुरा । टेक सिँह धामी । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ ।

बुधवार बिहान प्रचण्ड–माधव समूहको अनेरास्ववियूले कालो झण्डा देखाएको हो । नेकपा ओली समूहको विस्तारित बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका मन्त्री भट्टलाई अनेरास्ववियूले जिल्ला सदरमुकाम बागबजारमा कालो झण्डा देखाएको हो ।

अनेरास्ववियूले मन्त्री भट्टलाई कालो झण्डा देखाउँदै ओली सरकारविरुद्ध नारासमेत लगाएको थियो । ओली समूहको विस्तारित बैठक निर्माण व्यवसायी संघको सभा हलमा केहीबेरपछि सुरु हुँदैछ ।

बैठकमा सहभागी हुनका लागि नेकपा सुदूरपश्चिम इन्चार्जसमेह रहेका मन्त्री भट्ट र प्रदेश कमिटी अध्यक्ष कर्ण थापा डडेल्धुरा पुगिसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?