काठमाडौँ– निर्वाचन आयोगका कानून सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा भएको छ । आयोगको कानून शाखाका प्रमुख समेत रहेका गौतमको सरुवा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गौतमले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुद्दा हेरिरहेका थिए। गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षड्यन्त्रको आभास भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया