काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९३२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।
अहिलेसम्म नेपालमा १९ लाख ९२ हजार ८५५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया