काठमाडौं । यश स्टारर साउथ इण्डियन फिल्म ‘केजीएफ च्याप्टर-२’ पहिलो झलक दर्शकले धेरै मन पराएका छन् ।
३ दिनमा यो टीजर हेर्नेको संख्या १३ करोड ७२ लाख ५४ हजार ७८६ पुगेको छ ।
यो नेपालमा समेत ट्रेण्डिङ एकमा रहेको छ ।
यस टीजर हेरेपछि बलिउडका ग्रीक गड भनिने अभिनेता ऋतिक रोशनले पनि टीजरको तारिफ गरेका छन् ।
उनले सोसल मिडियामा लेखेका छन्, ‘क्या जबरदस्त ट्रेलर छ ।’
फिल्ममा यशको भूमिका महत्वपूर्ण छ, मुख्य भिलेनको भूमिकामा सञ्जय दत्त रहेका छन् । फिल्म पाँच भाषामा रिलीज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया