काठमाडौं । भारतको मध्य प्रदेशमा एक दर्दनाक घटना भएको छ । त्यहाँ चार युवकले मिलेर एक महिलामाथि सामूहिक बलात्कार गरेको र फेरि महिलाको प्राइभेट पार्टमा रड हालेको भारतीयले सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो घटना शनिवार रातीको रहेको बताइएको छ । पीडित महिलाका पतिको चार वर्ष पहिले नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।महिला एक सानो झोपडीमा दुई बच्चा र आफ्नी बहिनीसँग बस्ने गर्थिन् ।
उनी एक सानो पसल चलाउँथिन् । शनिवार राती आरोपी उनको घरमा आएर पानी मागे । जब महिलाले पान िदिन इन्कार गरिन् तब भित्र पसेर सामूहिक बलात्कार गरेको बताइएको छ ।
त्यसपछि पीडित महिलाको निजी अंगमा रड समेत हालिदिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया