काठमाडौँ– सशस्त्र प्रहरीका ९ जना उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायम मुकरर गर्ने निर्णयको पत्र आइतवार सशस्त्रको मुख्यालयमा पठाइएको छ । सशस्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको बरिष्ठ उपरिक्षकमा बढुवा भएका छन् ।
प्रेम ध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेललाई एसएसपीमा बढुवा गरिएको छ।
सशस्त्र प्रहरी नियमावली अनुसार एसपी पदमा ४ बर्ष सेवा अवधी नपुगेको कारण उनीहरुलाई कायम मुकायम एसएसपीमा बढुवा गरिएको हो । पहिलो नम्बरमा बढुवा गरिएका थक्सु नेपाल प्रहरीबाट एपिएफमा सेवा स्थानन्तरण गरेर आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया