‘प्रधानमन्त्रीबाट परिवर्तन सम्भव छैन,आन्दोलनका लागि तयार रहनुस्’

RSS
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।

जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले (आज) आइतवार आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखेका छन् ।
उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ ।” अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?