स्वदेश फर्किए प्रचण्ड

RSS
0
Shares

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन्  ।

पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल आज स्वदेश फर्किएको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

उनले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएको  सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?