प्रचण्ड-नेपाललाई प्रधानमन्त्री ओलीको चुनौती- ‘१० सिट ल्याएर देखाउनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहलाई १० सिट ल्याउनका लागि चुनौती दिएका छन् ।

आज कैलालीको धनगढीमा भएको जनसभालाई सम्बोधन गर्दै त्यस्तो चुनौती दिएका हुन् । उनले भने, “साथीहरुलाई भन्न चाहान्छु, आगामी चुनावमा दुई अंकमा सिट ल्याएर देखाउनुस्”  प्रधानमन्त्री ओलीले भने ।

पार्टीबाट दुई चारजना छुट्टिएर गएपनि तीन करोड जनता आफ्नो साथमा भएको दाबी गरेका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरिरहेको पार्टी जनताको पार्टी भएको दावी गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले अरुको कु्रा मात्र गरेर बस्ने फुर्सद सरकारलाई नभएको बताए ।

संसद विघटनपछि नेकपाबाट अर्को समूह प्रचण्ड नेपाल समूहले कुरा मात्र गरेर बसेको आरोप लगाउँदै आफूहरु कुरा गरेर नभई काम गर्ने बताए । “पार्टी केन्द्रीय कमिटी बैठकमा नआइ साथीहरु कहाँ गए भनेको त सडकमा पो हामी यहाँ छौँ भनेर बसेका रहेछन् ।” प्रधानमन्त्री ओलीले भने ।

सभालाई सम्बोधन गर्दै मात्र सरकार नबसेको भन्दै विभिन्न विकास परियोजनाहरुको विकास र निर्माण भइरहेको उदाहरण दिएका छन् । बिहीवार राष्ट्रपति समक्ष प्रगति विवरण बुझाउँदै प्रतिवेदनमा ९ सय ७९ किलोमिटर बाटो कालोपत्रे गरेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?