ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको कुल संख्या २ लाख ४९८ पुगेको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित देशको तेश्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म ७९ लाख ६१ हजार ६७३ जनालाई कोरोना संक्रमण भएको छ भने ७० लाख ९८ हजार ९३१ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै ६ लाख ६४ हजार २४४ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?