त्यो मिटिङको पूरा कहानी, जो ज्याक मा बेपत्ता हुनुको कारण बन्यो !

काठमाडौं । कहिले उनी विश्वका धनाढ्य व्यक्तिहरु मध्येका एक थिए । उनको कम्पनी अलीबाबो तुलना अमेरिकाको अमेजनसँग हुन्थ्यो । जानकार उनलाई चीनका अघोषित दूत भन्ने गर्दथे ।

भनिन्छ कि, उनी संसारमा चीनको छवि बदल्न सक्नेछन् । ३५ वर्षको उमेरसम्म साधारण अंग्रेजी टीचर बन्नेदेखि लिएर चीनको सबैभन्दा ठूलो कम्पनीको मालिक बन्नेसम्मको उनको कहानीबाट लाखौँ मानिस प्रेरित छन् । अब उनलाई दुई महिना यता कसैले देखका छैनन् । संसारभरका टिभी च्यानल र पत्रपत्रिकामा यहि प्रश्न छ कि, ज्याक मा कहाँ छन् त ?

चीन सरकार ज्याक माको कम्पनी एन्ट ग्रुपमा जाँच गरिरहेको छ । यस्तो अवस्थामा कसैले उनलाई पक्राउ गरिएको बताइरहेका छन् भने केहिले उनलाई हिँड्नमा रोक लगाइएको बताइरहेका छन् । उनी आफैँले शुरु गरेको शो अफ्रीकाज बिजनेस हीरोजको फाइनलमा पनि देखिएनन् । अक्टूबरबाट अहिलेसम्म उनको सम्पत्तीमा ८० हजार करोड भन्दा धेरै गिरावट आएको छ ।

चीनको फाइनेन्शियल सिस्टमलाई लिएर उनले चीन सरकारको चर्को आलोचना गरेका थिए । २०१३ मा नै कम्युनिष्ट पार्टीको आधिकारीक मुखपत्र पीपुल्स डेलीसँग दिएको अन्तर्वार्तामै उनले बिजनेसमा चीनको चर्को आलोचना गरेका थिए । उनले सरकारको फाइनेन्शियल सिस्टम मात्र २० प्रतिशतका लागि फाइदाजनक रहेको बताएका थिए ।

ज्याक मा २४ अक्टुबर २०२० को एक मिटिङका बेला देखिएका थिए । यो मिटिङमा चिनियाँ राजनीति र अर्थव्यवस्थाको सबैभन्दा ठूला अधिकारी पुगेका थिए । यसमा उनले चिनियाँ बैंकको आलोचना गरेका थिए ।

उनले भनेका थिए, बैंक फण्डिङका लागि केहि कुरा राख्न माग गरिन्छ । यसले नयाँ टेक्निकलाई फण्ड मिल्दैन, त्यसैले नयाँ प्रयोग रोकिएको छ । उनले चिनियाँ नियमलाई बाटोमा काँडा राखेको जस्तो बताए ।

वाल स्ट्रीट जर्नलका अनुसार ज्याक माका धेरै कुराको बारेमा चिनियाँ राष्ट्रपति शी जिनपिङले थाहा पाएपछि उनी धेरै रिसाए । र उनले ज्याक माको बिजनेसलाई रोकिदन आदेश दिए ।

पहिले चीन सरकारले अक्टुबर २०२० मा ज्याक माको एन्ट ग्रुपको २.७ लाख करोडको आईपीओ रोकिदियो ।

त्यसको केहि दिनमा चीनले एन्टी ट्रस्ट नियम बनायो । यसविरुद्ध अलीबाबाको जाँच शुरु भयो ।

यसबाट उनको मार्केट क्याम्पमा १० लाख करोड रुपैयाँको गिरावट आयो ।

चीन सरकारले त्यसपछि ज्याक माको एन्ट ग्रुपलाई आफ्नो पूरा बिजनेस नयाँ नियमको हिसावबाट रजिस्टर गराउन भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?