म्यानचेस्टर सिटीको ३ जनालाई कोरोना संक्रमण

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका २ खेलाडीसहित ३ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सिटीले बुधवार खेलाडी र स्टाफ गरी ३ जनालाई कोरोना पुष्टि भएको बताएको छ ।

सिटीले गोलकिपर स्कट कार्सन र मिडफिल्डर कोल पाल्मेरलाई कोरोना पुष्टि भएको बताएको छ । कोरोना संक्रमित स्टाफको नाम भने सिटीले खुलाएको छैन ।

कोरोना देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसेको बताईएको छ । काराबाओ कप (इएफएल) फुटबलको सेमिफाइनल खेल अघि सिटीका खेलाडीमा कोरोना देखिएको हो ।

यो पनि पढ्नुहोस् : म्यानचेस्टर डर्बी : युनाईटेडलाई पराजित गर्दै सिटी फाइनलमा

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?