काठमाडौं । जितसँगै म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।
ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया