काठमाडौं । पूर्व मिस इंग्ल्याण्ड जारा हल्याण्ड कोरोना भाइरसको नियम तोडेको आरोपमा पक्राउ परेकी छन् ।
हालै मात्र उनी कोरोना संक्रमित पाइएकी थिइन् ।
उनी कोरोना रिपोर्ट पोजेटिभ आएपछि ब्वाईफ्रेण्डसँग भाग्दै गरेको अवस्थामा पक्राउ परेकी हुन् । तर एयरपोर्टमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
नियम उल्लंघन गरेकोमा उनलाई १८ हजार पाउण्ड्सको जरिबाना लगाउन सकिने बताइएको छ ।
जारा आज कोर्टमा पेश हुनेछिन् । २५ वर्षीया जारा ३० वर्षीय ब्वाईफ्रेण्ड एलियट लवसँग डेट गरिरहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया