एउटै गल्लीमा आठ शव : कतै बच्चा रुन्छन् त कतै आमाबुबा, आफन्त भन्छन्-‘पैसा होइन परिवार चाहियो’

काठमाडौं । भारतको मुरादनगरमा मलामी गएका २५ जनाको आईतवार निधन भयो ।

गाजियाबाद का वो श्मशान जहां हादसा हुआ। यहां एक दीवार को लेकर दार्शनिक लाइन लिखी है, पर मोक्ष धाम की ही दीवार गिर गई। इसकी जिम्मेदारी लेने वाला कोई नहीं।

मलामी गएका उनीहरु पानी परेपछि ओत लाग्नका लागि भन्दै नजिकै रहेको भवनमा पसे । तर भवन भत्कियो र उनीहरुको निधन भयो । मृत्यु हुनेमा एकै घरका २ जना समेत छन् ।

मुरादनगर की डिफेंस कॉलोनी में मृतकों के परिवार में खामोशी है। अंतिम संस्कार की तैयारियां कर रहे हैं।

एउटै गल्लीका सात जनाको शव अहिले सडकमा राखिएको छ । गाजियाबाद प्रशासनले अहिलेसम्म २५ जनाको निधन भएको बताएको छ । २० भन्दा धेरै मानिस घाइते छन् ।

प्रशासनले मृतकको परिवारलाई दुई लाख दिने बताएको छ । तर आफन्तहरु भने पैसाले केहि नहुने भन्दै परिवार चाहिएको बताउँछन् ।

हादसे में जान गंवाने वालों की चिताएं। ये लोग अंतिम विदाई देने आए थे, खुद ही मौत के शिकार हो गए।

सडकमा शव राखेर मृतकका परिवार र आफन्तजन रोइरहेका छन् । केहिले घरमै शव राखेका छन् ।

घटनामा कसैका छोराछोरीको निधन भएको छ भने कोहिका बुबाआमाको निधन भएको छ ।

उनीहरु सम्हालिन सकिरहेका छैनन् ।  ६७ वर्षका ओमप्रकाशको शव घरमा त्यत्तिकै राखिएको छ ।

उनका छोराछोरी रोइरहेका छन् । ११ वर्षकी अनुष्काले घटना हुनुभन्दा केहि समय पहिला फोन गरेर बुबालाई घर आउन भनेकी थिईन् । । तर उनको शव अहिले घरमा छ । – भारतीय सञ्चारमाध्यमको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?