विश्वकै सर्वाधिक शक्तिशाली बालिका : उठाउँछिन् ८० किलो वजन

काठमाडौं । क्यानडामा बस्ने रोरी भ्यानको उमेर मात्र सात वर्ष रहेको छ ।

हेर्दा उनी सामान्य बालिका जस्तो देखिन्छ । तर उनी कडा मिहेनत र ट्रेनिङबाट आफूलाई संसारकै शक्तिशाली बालिकाको रुपमा प्रमाणित गरिसकेकी छन् । हालै मात्र उनी वेटलिफ्टिङको यूएसए अण्डर ११ र अण्डर १३ यूथ नेशनल च्याम्पियन बनेकी छन् ।

उनी अमेरिकाको इतिहासमा सबैभन्दा कम उमेरमा नेशनल च्याम्पियन बनेकी छन् । उनी छ वर्षको उमेरबाट वेटलिफ्टिङ गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?