साउदी अरबले फेरि परिवर्तन गर्यो अर्को कानून, महिलालाई थप सहज

काठमाडौं । महिलाहरुको लागि कठोर कानून रहेको इस्लामी देश साउदी अरबले फेरि एक कानून परिवर्तन गरेको छ ।अब महिलाले आफ्ना अभिभावकको अनुमति बिनै आफ्नो नाम परिवर्तन गर्न सक्नेछन् ।

पहिलो यसको लागि अअभिभावकको आवश्यक्ता पर्दथ्यो ।

साउदी अरबको गृहमन्त्रालयले आईतवार यसको जानकारी दिएको हो । नयाँ कानूनानुसार अब कोहि महिला वा पुरुष नामसहित आफूसँग जोडिएका महत्वपूर्ण डेटामा परिवर्तन गर्न सक्छन् ।

यो अधिकार पहिला मात्र पुरुषमा सीमित थियो । २०१८ मा पहिलो पटक साउदी अरबले देशमा महिलाहरुको स्थिती सुधार्नका लागि भन्दै ड्राइभिङ गर्न पाउने अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?