काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनका लागि पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा २८० वटा बैठक बसेको बताएका छन् ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले फाइल पल्टाएर हेरेँ। पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० बैठक र अन्य ३५ बैठक बसिरहेको छु, खुमलटार, कोटेश्वर, बानेश्वर लगायतका क्षेत्रमा पार्टी फुटाउनका लागि बैठक बसिरहेको पाएँ।’
सरकारले राम्रो काम गरेको देखेर पार्टी नेताहरुले काम गर्न नदिएको उनले समेत प्रधानमन्त्रीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया