काठमाडौं । प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजी शुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि प्रहरीले अमर्यादित गालीगलौज गर्नेको खोजी शुरु गरेको हो ।
प्रतिनिधि सभा विघटन विरुद्धमा गत मंगलवार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा केहि यूवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित नारा लगाएका थिए । आपत्तिजनक नाराबाजी गरिएपछि यो विषयमा बालुवाटारले पनि चासो देखाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया