काठमाडौं । उत्तरी अमेरिकी देश मेक्सिकोमा फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला डाक्टरलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा भर्ना गरिएको छ ।
उनलाई इन्सेफ्यालोमाईलिटिस्को समस्या समेत भएको बताइएको छ ।
मेक्सिकोको स्वास्थ्य मन्त्रालयले शनिवार यसको जानकारी दिएको हो ।
मन्त्रालयले आफ्नो वक्तव्यमा ३२ वर्षीया महिला डाक्टरलाई औषधि निर्माता कम्पनी फाइजरको कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि श्वासप्रश्वासमा समस्या देखिएकोले आईसीयूमा भर्ना गरिएको बताएको हो ।
उनको स्वास्थ्य सम्बन्धी समस्यालाई लिउर अहिले अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया