काठमाडौं । सभामुख अग्नि सापकोटाको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेको छ ।
शुक्रबार प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको आरोप लगाएका थिए ।
‘सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो । तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन, ‘ सभामुखको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरुप भ्रममा सृजना गरिएको भन्दै सभामुखको सचिवालले भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया