इन्स्टा-ट्वीटर पोस्ट डिलिट गरेपछि फेरि एक्टिभ भइन् दीपिका

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले नयाँ वर्षमा आफ्ना फ्यानलाई झट्का दिँदै सबै ट्वीट र इन्स्टाग्रामका सबै पोस्ट डिलिट गरेकी थिइन् ।

दीपिकाको तर्फबाट लिइएको यो एक्शनले उनका करोडौँ फ्यान निराश भएका थिए ।

दीपिका पादुकोण

यसैबीच उनी फेरि सोसल मिडियामा एक्टिभ भएकी छन् ।

उनले दुबै इन्स्टाग्राम र ट्वीटरमा एक पोस्ट शेयर गरेकी छन् ।

दीपिका पादुकोण

भिडियोमा उनले आफने आवाजको माध्यमबाट ३० सेकेण्डको अडियो शेयर गरेकी छन् ।

दीपिका पादुकोण

भिडियोमा उनले नयाँ वर्षको शुभकामना दिएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?