काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगञ्जबाट पक्राउ परेका छन् ।
बिहीवार (आज) दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किसानहरुको भुक्तानी दिन बाँकि रहेका कारण उनीमाथि किसानहरुले उजुरी दिएका छन् । लुम्बिनी चिनि मिलले किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको स्रोतले जनाएको छ । सरकारले किसानहरुको पैसा नदिने मिल सञ्चालकहरुलाई कारबाही गर्न निर्देशन दिएको छ ।
उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि नवलपरासी पठाइएको प्रहरीले पर्सा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया