आइसोलेसनबाट भागेकी महिलामा नयाँ प्रकारको कोरोना फेला

काठमाडौं । बेलायतबाट भारत फर्किएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलायतबाट भारतको आन्ध्र प्रदेश फर्किएकी ति महिला आइसोलेसन सेन्टरबाटे फरार भएकी थिइन् ।

दिल्ली एयरपोर्टमा ओर्लिएपछि आइसोलेसन पठाउँदा उनी त्यहिँबाट फरार भएकी थिइन् । त्यहाँबाट भागेर उनी एक ट्रेन मार्फत् आफ्नो घर राजमुन्दरी गएकी थिइन् ।

उनीसँग उनको छोरा पनि रहेको बताइएको छ । छोराको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?