काठमाडौं । काठमाडौंका विभिन्न ठाउँहरुमा कोठाको ताल्चा फुटाएर नगद तथा धनमालको चोरी भएको छ ।
काठमाडौं, तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलवार राति चोरी भएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका-१५ अजिमा हल नजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भुमिका थापा मगर र तनहुँ व्यास नगरपालिका-११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ गरी करिब २ लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई करिब २ लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु मंगलवार बेलुका चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया