माईतीबाट घर फर्किँदा खोलाले बगाएर मृत्यु

खोटाङ । जिल्लाको तुवाचुङ नगरपालिका-३ बालनमारी बस्ने ४५ वर्षीया भ्याकी राईको उदयपुर ठानागाउँस्थित सुनकोशी नदीले बगाएर सोमवार मृत्यु भएको छ ।

ठानागाउँस्थित माईतीबाट घरतर्फ आउँदै गर्दा नदीले बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उदयपुरको सिमसनामा शव फेला परेको थियो ।

उनको शव फेला पारी खोटाङ लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?