मंगलवार बेलायतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए

काठमाडौं । बेलायतमा मंगलवार एकैदिन ५३ हजार १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या बेलायतमा हालसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै बेलायतमा मंगलवार ४१४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ७१ हजार ५६७ जनाको मृत्यु भएको छ भने २३ लाख ८२ हजार ८६५ जनालाई कोरोना संक्रमण भएको छ ।

सोमवार बेलायतमा ४० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका थिए । क्रिसमसपछि बेलायतमा यति धेरै संक्रमित थपिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?