कोरोनाको एक वर्ष : सन्दीपदेखि रोनाल्डोसम्मलाई कोरोना !

काठमाडौं । गत वर्ष डिसेम्बर अन्तिम साताबाट चीनको वुहान प्रान्तको हुवेई शहरबाट शुरु भएको कोरोना भाइरसले २०२० को अन्त्यसम्म नराम्रो प्रभाव पार्‍यो ।

वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर फैलियो जसका कारण यो समाचार तयार पार्दासम्म १६ लाख मानिसको ज्यान गएको छ भने ३ करोड जनालाई संक्रमण अझै देखिएको छ । विश्वभर २ करोड बढी कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोनाले विश्वको हरेक क्षेत्रलाई नराम्रो धक्का दियो । कोरोनाले खेल जगतलाई प्रत्यक्ष असर पार्‍यो । कोरोना भयावहका कारण सारा विश्वभरका सम्र्पूण खेल गतिविधिहरु ठप्प भएका थिए ।

लकडाउन भन्दा अरु विकल्प नभएपछि अधिकाशं देशहरुले लकडाउन गर्नुपरेको थियो । कोरोनाका कारण विश्व त्रसित भयो । सिंगो संसारका हरेक कुराहरुमा प्रभाव पर्‍यो । खेल क्षेत्र पूर्ण रुपमा प्रभावित भएसँगै खेलाडीहरु पनि घरबाहिर निस्कनै पाएनन् । यसैबीच यो वर्षको अन्तिमसम्म कुन देशका को को खेलाडीलाई कोरोनाले सतायो ? यहाँ हामी प्रस्तुत गर्दैछौँ ।

विश्वका यी स्टार खेलाडीलाई भयो कोरोना संक्रमण : 

सन्दीप लामिछाने : 

नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेलाई मङ्सिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लामिछाने १० दिन सेल्फ आईसोलेनमा पछि कोरोना मुक्त भएका थिए ।

दिपक बिष्ट : 

तेक्वान्दो खेलाडी दिपक बिष्ट १४ दिनको आईसोलेसनपछि कोरोना संक्रमणमुक्त भएका थिए । उनलाई मङ्सिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पारस खड्का : 


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई मङ्सिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च सतर्कताका साथ उनी आइसोलेसनमा बसे ।

ज्ञानेन्द्र मल्ल : 


नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ग्यानेन्द्र मल्ललाई कोरोन मङ्सिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछि उनी आइसोलेसनमा बसेर कोरोना मुक्त भए ।

दिपेन्द्र सिंह ऐरी : 


उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पनि मङ्सिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रोनाल्डो : 


रोनाल्डोलाई कोरोना संक्रमण पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो । उनी कोरोना देखिएको १९ दिनपछि कोरोना मुक्त भएका थिए ।

पाउल डिबाला : 


युभेन्टसका अर्जेन्टिनी स्ट्राइकर पाउल डिबालालाई ३१ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोनाको कारण चर्चामा रहने स्टार खेलाडीमध्ये एक हुन् । उनी लामो समयसम्म सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

उनलाई सुरुमा सामान्य रुघाखोकीको लक्षण देखिएको थियो । क्बलले दिएको औषधि खाएपनि रोगले च्याप्दै लगेको उनको अनुभव थियो ।

‘छिटै मैदान फर्कन्छु भन्ने थियो तर रोगले च्याप्दै लग्यो, म दिनप्रतिदिन अल्छी हुँदै गए । राति सुत्ने बेलामा खोकीले हैरान पाथ्र्यो । पटकपटक प्रयास गर्दा पनि निद्रै लाग्दैनथ्यो । छिनमै चिसो र गर्मी महसुस भइरहन्थ्यो,’ उनको अनुभव छ । यति हुँदा पनि आफूले कोरोना लागेको भन्ने थाहा नपाएको उनले प्रतिक्रिया दिए ।

मोहम्मद सालाह : 


लिभरपुलका फरवार्ड मोहम्मद सालाहलाई कार्तिक २९ १३ नोभेम्वरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले ११ दिनपछि कोरोना संक्रमण जितेका थिए । मोहम्मद सालाहको तेस्रो परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

नेयमार : 


नेयमारलाई कोरोना संक्रमण १८ भाद्रमा कोरोना संक्रमण देखिएको थियो । उनले एक साता २७ भाद्र पछि कोरोना संक्रमण जितेका थिए ।

ज्लाटन इब्राहिमोविच : 


इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचलाई कोरोना संक्रमण असोज ८ गते देखिएको थियो । ले कोरोना संक्रमण देखिएको १६ दिनमा कोरोना जितेका थिए ।

अंग्रेजी संवतको सन् २०२० हामीबाट बिदा हुने तरखरमा छ । मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतिक्षामा विश्व छ । साथै २०२१ मा खुशी हुनुपर्ने कारण भनेको कोभिड–१९ विरुद्धको खोपको विकास हो । यसबाट विस्तारै विश्व व्यवस्था सामान्यीकरणतर्फ अग्रसर हुनेछ, र अन्तर्राष्ट्रिय सहयोग बढ्नेछ । फाइजर र बायोएनटेक तथा मोडर्ना लगायतका कम्पनीहरुले बनाएका खोप विश्वभर सर्वसुलभ बनाउन अन्तर्राष्ट्रिय सहायता, विश्वास र क्षमता बनाउनु जरुरी छ ।

विश्वमा सन् २०२१ खुशी ल्याउने वर्ष त्यतिकै हुनेवाला भने छैन । शक्ति सम्पन्न र धनी राष्ट्रले आफूमा रहेको प्रविधि र ज्ञान तेस्रो विश्वका गरिब राष्ट्रसम्म लैजान सके त्यसले सन् २०२१ मा खुशी अवश्य ल्याउने छ । खासगरी तेस्रो विश्वका गरिब राष्ट्रको पहिलो चाहना र आवश्यकता नै कोभिड–१९ विरुद्धको खोप हो ।

यो खोपको उपलब्धता र समानुपातिक वितरण अहिले सर्वाधिक चासोको विषय बनेको छ । विकसित मुलुकमा खोप लगाउने काम शुरु भइसकेका छन्, तर अति गरिब राष्ट्रहरु ती खोप आफ्नो मुलुकमा कसरी ल्याउने भन्नेमा अझै अन्यौल र अलमलकै अवस्थामा छन् । तुलनात्मक रुपमा निकै महंगा यी खोपहरु तेस्रो विश्वलाई उपलब्ध गराउन धनी एवं शक्ति सम्पन्न राष्ट्रहरुले उदार दृष्टिकोण र आर्थिक सहयोग गर्नुको विकल्प छैन ।

यो पनि पढ्नुहोस् : डढेलोदेखि कोरोनासम्म, के शताब्दीकै अशुभ सन्देश बन्यो सन् २०२० ?

वर्ष २०२० : ५० जना पत्रकारहरुको हत्या, अधिकांश घटना द्वन्द्वमुक्त राष्ट्रमा भएको पुष्टि

वर्ष २०२० बाट हरेकले सिक्नुपर्ने एउटा सन्देश :आर्थिक तनाव कसरी हटाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?