देशमा द्वन्द र अस्थिरताको खेती गर्न ओलीले अवसर दिएका हुन् ? यसो भन्छन् संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् डा भिमार्जन आचार्यले नेपालमा द्वन्द र अस्थिरताको खेती गर्न स्वदेशी तथा विदेशी शक्तिहरुलाई वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अवसर दिएको आरोप लगाएका छन् ।

ओली नेतृत्वको सरकारले स्वदेशी तथा विदेशी शक्तिलाई ओली नेतृत्वको सरकारले अवसर दिएपनि ओली नेतृत्वको जमात उक्त कुराबाट निरपेक्ष रहेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा डा आचार्य लेख्छन्, “नेपालमा सधैं द्वन्द र अस्थिरताको खेती गर्न चाहने केही स्वदेशी र विदेशी शक्तिलाई ओलीले राम्रै अवसर दिए। तर,उनको जमात यो वास्तविकताबाट पुरै निरपेक्ष छ।”

साथै संसद विघटन प्रकरणले देश पुनः २०५९ साल र त्यसपछिको संवैधानिक र राजनीतिक गोलचक्करमा प्रवेश गरेको दाबी गरे । यसलाई संयमताका साथ ट्रयाकमा ल्याउन कोसिस गर्न सबैसँग संविधानविद् आचार्यले आग्रह गरेका छन् ।
“मुलुक फेरि ०५९ साल र त्यस पछिको संवैधानिक र राजनीतिक गोलचक्करमा प्रवेश गरेको छ। संयमताका साथ यसलाई ट्रयाकमा ल्याउने कोसिस गरौं ।” उनले भने ।

पुस ५ गते प्रधानमन्त्री ओलीले हठात रुपमा संसद विघटन गरेपश्चात डा आचार्यले त्यसलाई संवैधानिक कू को संज्ञा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?