काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले देशभर जिल्लास्तरीय कार्यकर्ताहरुको भेला गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको उक्त समूहले आइतवार बिहान देशभर कार्यकर्ता भेला गरेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भइ कार्यक्रमहरु गरिरहेको छ । यसअघि उक्त समूहले शुक्रवार काठमाडौंको माइतीघरबाट आन्दोलन शुरु गरी निर्वाचन आयोगसम्म पुगि आन्दोलन गरेको थियो । पुस १० गतेबाट कुनै न कुनै आन्दोलन गरी सरकारविरुद्ध आन्दोलन गर्ने उद्घोष गरेको उक्त समूहले पुस १४ गते एकैसाथ देशभर प्रदर्शनको घोषणा गरेको छ ।
बिहीवार बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ संघर्ष समितिको गठन समेत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया