सत्तारूढ दल नेकपा विभाजन भएपछि चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री गुओ यझाउ आज आइतबार नेपाल आउँदै छन् । उनको नेपाल भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।
नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओको भ्रमण नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले मिलाएको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया