मंगलबारदेखि लाइसेन्सको अनलाइन आवेदन खुल्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको विभागले जनाएको छ । अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?